नियम ३८
निविदा मतपत्र दिने कार्यविधि
(१) कुनै मतदाताले आफ्नो नामबाट अरु कसैले मतपत्र लिइसकेको वा मतदान गरिसकेको र आफू नै वास्तविक मतदाता हो भनी दावी गर्न चाहेमा निजले मतदान अधिकृत समक्ष अनुसूची–२८ बमोजिमको ढाँचामा आफ्नो परिचय खुल्ने प्रमाण सहित संलग्न राखी आफू नै वास्तविक मतदाता भएको दावी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दावी गरिएको अवस्थामा मतदान अधिकृतले दावीकर्ताको दावी बमोजिम निज वास्तविक मतदाता हो होइन भन्ने कुरा बुझ्नु पर्नेछ । दावीकर्ताले लिखित रुपमा आफ्नो परिचयको प्रमाण, परिचयपत्र, नागरिकताको प्रमाणपत्र वा निजको परिचय खुल्ने अन्य प्रमाण प्रस्तुत गरेमा सोको प्रतिलिपि मतदान अधिकृतले लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रस्तुत प्रमाणबाट दावीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्णय गरेपछि मतदान अधिकृतले अनुसूची–२९ बमोजिमको ढाँचामा निविदा मतपत्रको लगतमा उल्लेख गर्नु पर्नेछ र लगतमा दावीकर्ताको सहिछाप समेत गराई मतपत्रमा मतदान अधिकृतले सही गर्ने ठाउँको बाँयातिरको खाली ठाउँमा “निविदा मतपत्र” लेखी सो मतपत्र दावीकर्ता मतदातालाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको मतपत्रमा मतदाताले मतसङ्केत गरिसकेपछि मतपेटिका भित्र नखसाली निविदा मतपत्र राख्ने छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ ।
(६) मतदान अधिकृतले दावीकर्ताको विवरण, दावीकर्ताको प्रमाणको विवरण र निर्णय समेतको छुट्टै अभिलेख राख्नु पर्नेछ ।